इन्टरनेको माध्यमद्वारा निर्वाचन गराउनुपर्छः पौडेल
काठमाडाैं | असार २४, २०७९
काठमाण्डौँ: आम नेपाली पार्टीका अध्यक्ष निलकण्ठ पौडेलले इन्टरनेटको माध्यमद्वारा निर्वाचन गर्नुपर्ने बताएका छन् ।
आज (शुक्रबार)काठमाण्डौँमा डेमोक्रेटिक सोसलिस्ट एलायन्सले आयोजना गरेको “स्वच्छ निर्वाचन ” विषयक बृहत अन्तरक्रिया कार्यक्रममा बोल्दै पौडेलले इन्टरनेको माध्यमद्वारा निर्वाचन घरबाटै हुने पर्ने बताएका हुन् ।
‘आम जनताहरुलाई सहजता र अपाङ्ग भएका व्यक्तिहरुका लागि पनि निष्पक्षरुपमा भोटिङ गराउनको लागि इन्टरनेको माध्यमद्वारा घरैबाट भोटिङ प्रणाली लागु हुनुुपर्छ ।’ उनले भने ।
पौडेलले गत स्थानीय तहको निर्वाचनमा फरक क्षमता (अपाङ्ग) भएका व्यक्तिहरुलाई निर्वाचनमा सहभागिता गराउन तर्फ सरकारले चाँसो नदिएको धारणा राखे ।
अपाङ्गहरुको पक्षमा बोल्दै निर्वाचन प्रक्रिया कम खर्चिलो गराउने बताउदै भने ‘निर्वाचनमा खर्च कम गराउने उत्तम उपाय ईन्टरनेटको माध्यमबाट भोट गर्नु हो । हालको निर्वाचन प्रणाली अत्याधिक खर्चिलो छ । जसको कारण जनताले एउटा सक्षम प्रतिनिधि पाउन सकेका छैनन् ।’
पोखरा: गण्डकीका प्रदेश प्रमुख डिल्लीराज भट्ट समक्ष अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय, पोखराले आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन पेस गरेको छ । आयोगका पोखरा कार्या...
नवलपरासी पूर्वको बिनयी त्रिवेणी गाउँपालिका–२ चौसठ्ठी मोडमा यात्रुवाहक बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ। दुर्घटनामा १० जना घाइते भएका छन्। बिहान करिब ४ बजे नेपालगञ्जबाट...
पश्चिम नेपालबाट मनसुन बाहिरिएको छ। नेपाल मौसम विज्ञान विभागअन्तर्गतमो मौसम पूर्वानुमान महाशाखाले आज असोज १७ गते शनिबार बुलेटिन जारी गरी पश्चिमका केही प्रदेशबाट मनसुन हटेको जान...

